तीजको दिन शटल बस र प्रथामिक उपचार सेवा 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४
नेपाली हिन्दु माहिलाहरुको महान चाड हरितालिका तीजको दिन नजिकिदै गर्दा सिड्नीक बिभिन्न संघ संस्थाले भक्तजन महिला र मन्दिर दर्शनार्थी महिलाहरुलाई सेवा पुराउने उदेश्यले बिभिन्न सेवाभाव सहितका कार्यकम अगाडी सरेका छन्।  यसै क्रममा उक्त दिन अर्थात् अगस्त २४ का दिन  मिन्टो ट्रेन स्टेसनबाट आवत जावतमा हुने समस्या र बर्तालु महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एनआरएनए SCC NSW र एनआरएनए उमन फोरम नारी निकुन्ज SCC NSW ले दिनभर नै मिन्टो ट्रेन स्टेसन देखी मिन्टो मन्दिर सम्म निशुल्क: शटल बसको ब्यवस्था र मिन्टो मन्दिरमा प्रथामिक उपचार सेवा  साथै पिउने पानीको पनि व्यबस्था गर्न लागेको  उमन फोरम नारी निकुन्ज SCC NSW की संयोजक सन्ध्या शाहले बताएकी छन्।
त्यसै गरि सोहि दिन मन्दिर दर्शनार्थीहरु कै सेवाको लागि अघिल्ला बर्षहरुको निरन्तरता स्वरुप झापाली समाज अस्ट्रेलियाले पनि मिन्टो ट्रेन स्टेशन देखी मुक्ति गुप्तेश्वर मन्दिर मिन्टो सम्म निशुल्क: शटल बसको ब्यवस्था गरेको छ।  सोहि दिन कै लागि यस्तै  सेवा ओभरसिज नेप्लिज फोरोमअस्ट्रेलिया एनएसडब्लुले पनि गर्न लागेको उक्त संस्थाले जनाएको छ । भक्तजन महिला र मन्दिर दर्शनार्थीहरु को अत्यधिक चापले पार्किंग लगायतको समस्या बिगत सालहरु मा देखिएकोले सार्बजनिक यातायातको साधनहरुको अत्यधिक प्रयोग गर्न पनि मन्दिर परिवारले सबैमा अनुरोध गरेको छ।