आइसीसी सचिवमा मेरो उम्मेदवारी

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : सोमवार, अशोज १६, २०७४

“नेपालीका लागि नेपाली” मूल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघले करिब १४ बर्ष पार गर्दै गर्दा  यसको आकार मात्र बढेको छैन चुनौती पनि उत्तिकै थपिएका छन् | यो अभियानको बिगत देखि बर्तमान सम्म आइपुग्दा भबिष्य निकै उत्साहजनक  पनि देखिन्छ | एनआरएनए अभियान सुरु हुदा बिदेशमा नेपाली हरुको संख्या करिब ५ लाख मात्र थियो भने अहिले आएर करिब ५० लाख नेपालीहरु सार्क मुलुक बाहिर रहेको तथ्यांकले देखाउछ र यो क्रम बढ्दो छ |

यसरि बढ्दो जनशक्तिको पलायन नेपालको लागी पक्कै पनि राम्रो होइन | र यो क्रमलाइ तत्कालमा रोक्न सक्ने स्थिति पनि देखिदैन | तर एनआरएन मात्र एउटा यस्तो संस्था हो जसले विदेशमा रहेका समग्र नेपाली हरुलाई एकत्रित गरि उनिहरुमा विद्यमान श्रोत साधन र शक्तिलाइ पहिचान, एकत्रित र ब्यबस्थान गरि नेपाल र नेपालीको बिकाशमा परिचालन गर्ने सामर्थ्य राख्दछ |  यसका लागि एनआरएनएलाइ  अरु सशक्त, संगठित र समय सापेक्ष अभियानको रुपमा स्थापित गराउने महान अभियानमा साथ दिनकालागि मैले आगामी अक्टोबर १४ देखि १७ सम्म हुन गैरहेको एनआरएनए आइसीसी आठौ विश्व सम्मेलनमा सचिब पदमा आफ्नो दिने निर्णय गरेको छु र सम्बन्धित सबैको सहयोगको अपेक्षा गर्दछु |

एनआरएनए आगामी कार्यकालमा हाम्रा सामुहिक प्रतिबद्धताहरु यसप्रकार हुने छन् :

1- एनआरएनए सातौ विश्व सम्मेलनको नारा “पुननिर्माणको सच्चा साझेदार” अनुसार हाल बन्दै गरेको लाप्राक एकिकृत नमूना बस्ति (५७३ घरहरु) छिटो भन्दा छिटो निर्माण सम्पन्न गरि बाकि बस्ति निर्माणका लागि पनि आवस्यक पहल गरिनेछ |

2 – निर्माणाधीन  सचिवालय भवनलाइ सम्पन्न गर्न आवस्यक श्रोत साधन जुटाउन सबै एनआरएनए एनसीसी संजाललाइ प्रभावकारी ढंगले परिचालन र प्रोत्साहन गरिनेछ |

3 – एनआरएनएको बिस्तार संगै यो अभियानलाइ दिगो रुपमा एउटा संगठित र सबल संस्थाको रुपमा बिस्तार गर्न प्रस्ताबमा ल्याईएको Vision 2020 & Beyond एजेन्डालाइ परिष्कृत गर्दै कार्यान्यनको लागि सक्दो पहल गरिनेछ |

4 – खाडी मूलुकमा जाने नेपाली दाजुभाइ दिदिबहिनि हरुलाई पर्ने दुख पिडामा सहयोग गर्न बैदेशिक रोजगार सहायता कोषलाइ थप प्रभावकारी बनाइने छ |

5 – रेमिट्यान्स भित्र्याउने नाममा देशको जनशक्ति निर्यात गरेर नेपालको बिकाशको कल्पना कदापी गर्न सकिदैन | तसर्थ एनआरएनएले नेपाल सरकारसंग सहकार्य गर्दै सामूहिक लगानी मार्फत कम्तिमा पनि खाडी मूलूक  र मलेसियामा कष्टकर जिवन बिताइरहेका नेपाली दाजुभाई दिदीबहिनीहरु लाइ स्वदेश मै रोजगारीको अवसर सिर्जना गर्न पहल गरिने छ |

6 – साझा एनआरएनएको मर्म अनुसार धेरै भन्दा धेरै एनआरएनहरुलाई संस्थामा प्रवेश गर्न सहज बाताबरण बनाइने छ | जसले गर्दा एनआरएनए सिमित र सम्पन्न व्यक्ति मात्रको नभई समग्र एनआरएनहरुले यसमा अपनत्व महशूस गर्न सकुन |

7 – एनआरएनएको बिधानमा गठित विभिन्न समिति तथा उपसमितिहरुलाई समय सापेक्ष रुपमा सक्रिय र वलियो वनाउने, सो समिति तथा उपसमितिका पदाधिकारीहरुलाई पद–ग्रहण भन्दा पनि पदिय जिम्मेवारी वहन गराउन बिशिष्ट रुपमा उनीहरुको काम कर्तव्य अधिकारको व्यवस्था सहितको नियमावलि तयार गर्न पहलकदमी गरिनेछ  ।

8 – २०१५ मे २८ मा न्युजिल्यान्डको क्राइस्टचर्चमा सपन्न दोश्रो ओसेनिया क्षेत्रीय मीटिंगले पारित गरेको ९ बुदे प्रतिबद्दताको अनुगमन गर्दै बाकि कार्यहरु यथासिघ्र सम्पन्न गरिनेछ |

9 – हालसम्म विश्वको ७६ देशमा विस्तार भएको एनआरएनका राष्ट्रिय समन्वय  समितिहरुलाई विस्तार गरी नेपाली समुदायहरु रहेका विश्वका सम्पूर्ण राष्ट्रहरुमा पुर्याउन पहलकदमी गरिनेछ ।

—————————————————

महेन्द्र कुमार लम्साल

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति

क्षेत्रीय सम्योजक – ओसेनिया

उम्मेदवार : एनआरएनए आइसीसी सचिब  २०१७ – २०१९

सम्पर्क : +६१४१२००१७६९

इमेल: lamsalmk@gmail.com