ब्रिसबेनमा ‘गजल मुशायरा’ आयोजना हुदै
हरेक वर्ष मोती जयन्तीको अवसरमा सिड्नीमा आयोजना गरिदै आएको सम्पूर्ण गजल कार्यक्रम ‘गजल मुशायरा’ ले आफ्ना चारवटा श्रृंखलाहरू भव्यताका साथ सम्पन्न गरेको छ र पहिलोपटक सिड्नी बाहिर पाइला राख्दैछ गजल मुशायरा ब्रिसबेन संस्करण मार्फत ।
गजल मुशायरा परिवारद्वारा आयोजित यस कार्यक्रम आगामी नोभेम्बर 26, आइतबारका दिन दिउँसो 3:00 बजेदेखि ब्रिसबेनको नर्थगेट स्थित ब्रिसबेन सिटी काउन्सिलको हलमा हुन गैरहेको छ । कार्यक्रममा नेपलिज असोसिएसन अफ क्विन्सल्याण्ड र अन्तराष्ट्रिय नेपाली साहित्य समाज, क्विन्सल्याण्ड च्याप्टरको सहयोग रहेको छ ।
गजलको एउटा सम्पूर्ण कार्यक्रम भएकाले उक्त कार्यक्रम मा ११ जना गजलकारहरुको गजल वाचन, गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ। गजल वाचनमा यस पटक ब्रिसबेनका स्थानीय गजलकारहरुलाई मकाई, सिड्नी, एडिलेड लगायतका शहरका गजलकारहरुले साथ दिनुहुने कुरा यस कार्यक्रमका संयोजक केशव शर्माले जानकारी दिनुभएको छ ।
‘गजल मुशायरा’का भिडियोहरू सामाजिक सञ्जालमा अति नै रुचाइएका छन् र गजलप्रेमीहरूमाझ यस कार्यक्रमले पाएको लोकप्रियता उत्साहजनक छ । गजल मुशायरा सिड्नीका संयोजक जितेन्द्र मल्ल ब्रिसबेनमा पनि गजल मुशायराले आफ्नो अमिट छाप छोड्नेमा ढुक्क हुनुहुन्छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...