सिमालाई नजानिकन असिमलाई जान्न मुस्किल छ !पदार्थलाई नजानिकन परमात्मालाई जान्न कठिन छ !!जीवनलाई नजानिकन मृत्युलाई जान्न असम्भब छ !!!

-- उत्तम राज पण्डित - प्राणायाम एवं ध्यानका रहस्यबादी मित्र ?>

सिमा अर्थात साना साना क्रियाहरु जस्तै आहार–विहार, सुत्नु–उठ्नु, दैनिकी शारिरीक एवं मानसिक क्रियाहरुमा ध्यान जागृत नभएसम्म असिमलाई जान्न मुस्किल छ । साधारण–साधारण क्रियाहरुमा जागरण हुन थालेपछि त्यही कार्यको निरन्तरताले असिमसम्म स्वतः पुर्याउँदछ । यही कारण सिमालाई नजानिकन असिमलाई जान्न मुस्किल छ भनिएको हो । जवसम्म पदार्थबाट पार भइँदैन तवसम्म परमात्मालाई जान्न कठिन छ, किनकी पदार्थमा नै परमात्मा लुकेको छ । यही कारण परमात्मालाई जान्न पदार्थलाई पनि जान्नै पर्दछ अर्थात शूक्ष्म हुँदै जानु पर्दछ । पदार्थ ब्रह्माण्ड अर्थात चाँदनी हो ब्रह्म अर्थात परमात्मा चाँद हो । पदार्थ एवं परमात्मा एउटै उर्जाको दुई अवस्था हो । शरीर भित्र लुकेको चेतनालाई जीवन भनिन्छ । यस जीवनलाई जान्नासाथ मृत्यु के हो भन्ने सत्य तथ्य थाहा हुन्छ । जीवन अपरिवर्तित उर्जा हो । अपविर्तित उर्जालार्ई जानेपछि परिवर्तित उर्जाप्रतिको मोह स्वतः समाप्त हुन्छ । यो मोह समाप्त हुनासाथ जीवन एवं मृत्यु दुवै अवस्थामा होस जागृत भइरहन्छ र यो नै पंरम अवस्था हो ।

कमजोर मन
जुन मन कल्पना एवं नजानिकन गरिएको विश्वासमा रमाउँदछ त्यो मन कमजोर छ भनेर जान्नु पर्दछ । कमजोर मन सदा डामाडोलमा हुन्छ । कमजोरवाला व्यक्तिको विचार, बुद्धि एवं सारा क्रियाकलापहरु अरुमा निर्भर हुन्छ अर्थात कमजोर मनवाला व्यक्ति अरुको गुलाम हुन्छ । ऊ अरुको सहारामा बाँच्न खोज्दछ, अरुबाट सुख लिन चाहन्छ । कमजोर मनको मात्रा बढ्दै गएमा मानसिक रोगी समेत हुन पुगिन्छ । कमजोर मनलाई ठिक पार्नको लागि आसन, प्राणायाम एवं सत्संगका साधनाहरु गर्नु पर्दछ । आसन, प्राणायाम एवं सत्संगका साधनाहरुबाट मन शक्तिशाली हुँदै जान्छ । संकल्प शक्ति एवं कर्म शक्तिबाट पनि मन शक्तिशाली हुँदै जान्छ । कमजोर मन अनेकमा विभाजित हुन्छ । अनेकबाट एकमा केन्द्रित हुनु नै संकल्प शक्ति हो । एक मन स्वतः शक्तिशाली हुन्छ । शक्तिशाली मनले मात्र सही धार्मिक एवं सांसारिक यात्रा गर्न सक्दछ । अन्ततः मनबाट मुक्त भएपछि धार्मिकता प्रकट हुन्छ ।

भोक एवं प्यास महत्वपूर्ण
धार्मिक एवं सांसारिक दुवै तर्फको यात्राको लागि भोक एवं प्यास अति महत्वपूर्ण हुन्छ । भोक एवं प्यासविनाको यात्रा भित्र एउटा बाहिर अर्कोको अवस्था हो । भोक एवं प्यासको कारणबाट यात्रा गर्ने मान्छे चाहे क्षेत्र जेसुकै होस् उसले शान्ति एवं सत्यलाई जान्छ । प्रायः अधिकांश मान्छे भोक एवं प्यासबाट नभइकन ईष्याबाट यात्रा शुरु गर्दछन् । यस्ता व्यक्तिहरुले कहिल्यै शान्ति पाउन सक्दैनन् । यस्ता व्यक्तिहरु मनलाई बेहोस बनाउने चिजको खोजिमा हुन्छन्, शान्तिको लागि । इष्र्याले भरिएका व्यक्तिहरु सदा बेहोसमा हुन्छन् जवसम्म इष्र्या रहिरहन्छ तबसम्म होस आउँदैन मनलाई भूलाएको अर्थात बेहोस बनाएको अवस्था नै इष्र्यावाला व्यक्तिको लागि शान्ति हो । किनकी यिनीहरु भोक र प्यासबाट यात्रा सुरु नगरी इष्र्याबाट यात्रा सुरु गरेका हुन्छन् । यिनीहरुको यात्राको दिशा नै फरक छ अर्थात गलत छ सफलताको लागि जे मा भोक र प्यास छ त्यही चिजलाई साधना बनाउनु पर्दछ तव नै यात्रा सफल हुन्छ ।

जसको कुनै अन्त छैन
ब्रह्म एवं ब्रह्माण्ड सदा छ । जसको कुनै जन्म छ न त अन्त नै । गतिको अर्को नाम ब्रह्माण्ड हो, यहीकारण ब्रह्माण्ड गतिशिल छ तर चेतनशील छैन । ब्रह्म गति विहिन छ तर चेतनशिल छ । यी दुवैको जोडमा संसारको जन्म हुन्छ भने वियोगमा संसारको मृत्यु हुन्छ । तर ब्रह्म एवं ब्रह्माण्डको न जन्म हुन्छ न मृत्यु । यही खेल सदा चलिरहन्छ । ब्रह्म र ब्रह्माण्डको खेल नाच र नाच्ने व्यक्तिको जस्तै हो । ब्रह्म एवं ब्रह्माण्ड दुबै सदा छ र दुवै अन्तत छ अर्थात विचारभन्दा बाहिर छ, अनाप्य छ, अकल्पनीय छ । संसारको जन्म र मृत्यु हुन्छ तर जन्म र मृत्यु दुबैमा ब्रह्म एवं ब्रह्माण्डमा परिवर्तन हँुदैन केवल संसारमा मात्र परिवर्तन हुन्छ । ब्रह्म (चेतना), ब्रह्माण्ड (गति) सदा रहिरहन्छ । यसैलाई अस्तित्व भनिन्छ । अस्तित्व मृत्यु विहिन छ । अर्थात सदा छ । यस सत्यलाई जानेमा सारा चिन्ताहरु समाप्त हुन पुग्दछन् । यस सत्यलाई नजान्नु नै सन्तापको मूल कारण हो । यस सत्यलाई जान्नासाथ सारा आशक्तिहरु समाप्त हुन पुग्दछन् । सारा आशक्तिहरु समाप्त हुनु नै मनबाट सारा विचार वितारहरु समाप्त हुनु हो ।

तव नै अनर्थमा पुगिन्छ
केवल भाषा, परिभाषा, शब्द, अर्थको खोजमा मात्र लाग्ने व्यक्ति अन्तिममा अनर्थमा पुग्दछ । यही कारण बाद–विबाद, तक–वितर्क अर्थात दर्शनशास्त्रीहरु सदा विबादमा हुन्छन् । बाद–विबाद, तर्क–वितर्कबाट होइन प्रकृतिमा घटिरहेका आश्चर्यको खोजबाट र स्वयंमा घटिरहेको आश्चर्यको खोजी गर्न थालेमा अनर्थको दलदलमा फस्न पुगिदैन । प्रकृतिमा घटिरहेको आश्चर्यको खोजीमा लागिरहेमा विज्ञानको जन्म हुन्छ । स्वयंमा घटिरहेको आश्चर्यको खोजीमा लागिरहेमा धर्मको जन्म हुन्छ । यी बाहेकका बाँकी सबै खोजहरु रोग र शोक निम्त्याउने खोजहरु मात्र हुन् । जीवनमा अशान्ति ल्याउने हो । अशान्ति आउनासाथ यो जान्नु पर्दछ कि यात्रा गलत भयो । यस यात्रालाई सुधार गर्ने तर्फ लागिहाल्नु पर्दछ । अन्यथा जीवनभर दुःख पाइरहिन्छ । सुखबाट पार हुनु त कहाँ हो कहाँ सुखको क्षणिक स्वाद लिनबाट पनि बन्चित हुन पुगिन्छ ।

धार्मिकता एवं नैतिकतामा फरक
जागरण, बोध, सजगता, श्रद्धा, होस आदिमा रहिरहनु धार्मिकता तर्फको यात्रा हो भने होस छैन तर नीति नियमको पालना गर्नु नैतिकता हो । नैतिकता एक प्रकारको दमन हो जहाँ भित्र एउटा बाहिर अर्को हुन्छ । भित्र नराम्रो तर बाहिर राम्रो प्रकट गरिन्छ । नीति नियम मुक्ति होइन, स्वयंलाई जान्नु मुक्ति हो । जान्नको लागि भोग पछिको बैराग्यलाई बराबरा याद गर्नु पर्दछ । तब नै जागरण पैदा हुन्छ । जागृत व्यतिmले जे गर्दछ त्यही नीति नियम हुन पुग्दछ । दमित व्यक्तिलाई प्रसन्न हुनको लागि कारण चाहिन्छ भने धार्मिक व्यक्ति विना कारण हर अवस्थामा प्रसन्न भइरहन्छ । सही धार्मिक व्यक्ति उत्तेजनाबाट मुक्त हुन्छ भने नीति नियममा बाँधिएका व्यक्तिहरु मौका पाउनासाथ उत्तेजित हुन पुग्दछन् । नीति नियमवाला व्यक्तिको भित्र इच्छा हुन्छ तर त्यसलाई प्रकट गर्दैनन्, यो नै दमन हो र दमन सबैभन्दा ठूलो रोग हो । प्रकट गर्नु वा जान्नु नै दमनबाट मुक्त हुनु हो । दमन नीति नियमको जन्मदाता हो भने दमनबाट मुक्त भएपछि धार्मिकताको जन्म हुन्छ ।

शरीर नै मृत्युको घर
हजार वर्ष बाँचे पनि एक हजार एक दिन आउँदछ । त्यसैले यो शरीर मृत्युको घर हो । शरीर मर्नुभन्दा पहिले नै शरीरभित्र लुकेको अविनासीलाई जान्नु नै मानव जीवनको मूल लक्ष्य हो । यो शरीर त सदा मृत्यु नै हो, चैतन्यको कारण यो शरीर जीवन भएको भ्रम हुन्छ । जीवित शरीर होइन चेतना हो । मानव शरीरको माद्यमद्धारा शरीरभित्र लुकेको अविनासीलाई जान्न सकिने हुनाले यो शरीरलाई हेलाँ गर्नु हुँदैन । आसन, प्रणायाम एवं सत्संगको माद्यमद्धारा शरीर र स्वास्थ्य मनको माद्यमद्धारा नै स्वयंभित्र लुकेको चैतन्यलाई जान्न सकिन्छ । स्वयंभित्र लुकेको चैतन्यलाई जान्नासाथ विनाकारण हर अवस्थामा स्थाई उत्सव प्रकट हुन थाल्दछ । स्थाई, उत्सब नै पंरम स्वतन्त्रता हो, मुक्ति हो । रोग लाग्दा कस्तो हुन्छ ? र स्वस्थ हुँदा कस्तो हुन्छ ? ठीक यसरी नै स्वयंभित्रको चैतन्यलाई नजान्नु सबैभन्दा ठूलो रोग हो र स्वयं भित्रको चैतन्यलाई जान्नु पंरम स्वस्थता हो ।