गुल्मी समाज अष्ट्रेलियाले तीज मनाउदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन ८, २०७५
समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज-२०७५ को पावन अवसरमा  गुल्मी समाज अष्ट्रेलियाले नेपालका राष्ट्रिय कलाकारको साथमा बिबिध कार्यक्रम सहित तीज मनाउदै छ। नेपालकी प्रख्यात लोकगायिका एबं प्रस्तोता मन्जु पौडेलको बिशेष उपस्थिति र अन्य सिड्नीका कलाकारहरु सहितको उक्त कार्यक्रम आउने सेप्टेम्बर १ को साँझ ६ बजे देखि एभरेस्ट फक्सन सेन्टर रक्डेलमा हुनलागेको संस्थाका महासचिब प्रेम सापकोटाले जानकारी दिएका छन् ।  सापकोटाका अनुसार बिबिध सामाजिक एवम परोपकारी कार्यमा सधै सक्रिय गुल्मी समाजले यस पटक सबै चेलीहरुलाई माइतीको झल्को मेटाउने गरि कार्यक्रमको आयोजना गरिएको हो।
नेपाली खाना ( दर ) अनि तीजमय उक्त कार्यक्रमको प्रवेश शुल्क ३० डलर तोकिएको छ भने आठ बर्ष मुनिकाको लागि प्रवेश निशुल्क गरिएको छ ।  कार्यक्रममा उपस्थित भइ सामाजिक एबं धार्मिक महत्वको पर्ब हरितालिका तीज संगै मनाउन सम्पूर्ण चेलीहरु लाई परिवार सहित उपस्थित हुन गुल्मी समाज अष्ट्रेलियाले हार्दिक अनुरोध गरेको छ।