ब्ल्याकटाउन नेपाली कम्युनिटीको साधारण सभा सम्पन्न 

कृष्ण निरौला पुन अध्यक्षमा निर्बाचित 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५
सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्था  ब्ल्याकटाउन नेपाली कम्युनिटी (बीएनसि) को   साधारण दोश्रो सभा हालै सम्पन्न भएको छ। साधारण सभाले आउने कार्यकालको लागि बर्तमान अध्यक्ष कृष्ण निरौलालाई पुन अर्को कालको लागि पनि अध्यक्ष  चुन्दै नयाँ \कार्यसमिति को चयन गरेको छ।  समितिका अन्य पदाधिकारीहरु मा दुइ उपाध्यक्षमा सिताराम घिमिरे र राधिका बानियाँ, सचिबमा प्रकृति श्रेष्ठ, सहसचिबमा होम उपाध्याय, कोषाध्यक्षमा निराजन बिसुराल रहेका छन्।  त्यस्तै सदस्यहरुमा सरास्वती घिमिरे नेपाल, दिपक अर्याल सुदिप घिमिरे, अनिल पोख्रेल, शमिश शर्मा, सुशान्त शर्मा, दिपेन्द्र उप्रेती, अप्सरा थपलिया, मन्जु पाठक, बिशाल पोख्रेल, अनिश भण्डारी, भेष राज ज्ञावाली, राम इतनी, पुरुषोत्तम सडौला र प्रशान्त अधिकारी रहेका छन्।
अस्ट्रेलियाको संघिय संसदमा चिफ्ले क्षेत्रको प्रतिनिधित्व गर्ने  संसद इड हुसिकको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा ब्ल्याकटाउनका बिभिन्न वार्डमा प्रतिनिधत्व गर्ने काउन्सिलरहरु नेपाली समुदायका प्रतिनिधिहरु को ठुलो संख्यामा उपस्थिति थियो।   तीजको सेरोफेरोमा सम्पन्न उक्त साधारण सभा अन्त्यमा कार्यक्रम तिज फेस्टिभलमा परिणत भएको थियो जहाँ यस क्षेत्रमा बसोबास गर्ने चेलीहरु नेपाल बाट आउनु भएका अभिभाबक लगायत धेरैले कार्यक्रमलाई संगितमय बनाउदै मिठो नेपाली खानको साथमा तीज मनाएका थिए।
(Photo: Futch Photography)