एनआरएनए अष्ट्रेलियाले तिजका दिन नि:शुल्क बससेवा  संचालन गर्दै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५
प्रबासी नेपालीहरुका बिच बिबिध कार्य गर्दै आइरहेको एनआरएनए अस्ट्रेलियाले अघिल्ला बर्षहरुमा जस्तै  यस पटक पनि हिन्दु नारीहरूको महान चाड तीजमा अष्ट्रेलियाको मिन्टो ट्रेन स्टेसनदेखी मिन्टो मन्दिरसम्म नि:शुल्क सटल बस सेवा  प्रदान गर्ने भएको छ । एनआरएनए अष्ट्रेलिया एनएसडब्लु कमिटिको आयोजनामा हुने उक्त सेवा आउदो सेप्टेम्बर १२ तारिखका दिन परेको हरितालिका तीजको दिन बिहान १० बजेबाट साँझ ६ बजेसम्म रहने एनआरएनए अष्ट्रेलिया एनएसडब्लु कमिटिका उपसंयोजक अर्जुन केसीले बताएका छन् । मिन्टो मन्दिर सिडिनिबासी नेपालिहरुमाझ एक प्रख्यात हिन्दु मन्दिर हो जहां हरेक साल तिज लगायत हिन्दु धर्मालम्बिहरुको पर्बमा भक्तजनको घुइंचो लाग्ने गर्छ । मन्दिर जान स्टेसनबाट धेरै टाढा र पार्किङ्ग नपाइने कारण पनि सार्बजनिक यातायातको साधन प्रयोग गर्ने भक्तजन र दिदि-बहिनिहरुको लागि यो सेवा प्रदान गर्न लागेको केसीले नेपालि टाईम्ससंगको कुराकानीमा बताए  ।
सेवा सम्बन्धि थप जानकारीको लागि एनआरएनए एनएसडब्लुका पदाधिकारीहरु वा अर्जुन केसी- ०४२३ ३०८८३, प्रकाश पौडेल – ०४२५ ४३४ ४७७, दिनेश भण्डारी- ०४३५ ९२९ ५८७, सरोज पाण्डे -०४२१ ९३६ ४८९ वा सन्ध्या शाह- ०४१५ ७९० ८३४ लाई सम्पर्क गर्न सकिनेछ ।