‘ब्रिज द ग्याप’ ले परोपकारी दशैं कार्यक्रम गर्दै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५
चाड बाडहरु नजिकिदै गर्दा बिबिध कार्यक्रमहरु भिडमा निक्कै भिन्न र फरक उदेश्यका साथ ब्रिज द ग्याप नेपालले सिड्नीमा दशैंको उपलक्ष्यमा “दशैं साँझ २०१८” कार्यक्रमको आयोजना गर्दैछ। यस अगाडी पनि बिबिध कार्यक्रमहरु गरि नेपालमा बिभिन्न परोपकारी कार्यहरु संचालन गर्दै आएको  ब्रिज द ग्याप ले यस पटक को कार्यक्रम पनि शत प्रतिशत परोपकारिता अभियान संचालन गर्न लागेको संस्थाका अध्यक्ष शिब श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार संस्थाले नेपालको पाल्पा जिल्लाको भर्कोटमा स्वस्थ चौकीको स्वस्थ सुबिधा बिकाशका लागि सहयोग गर्न अहिले ब्रिज द ग्याप नेपाल लागिरहेको छ । १० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने लक्ष्य लिइएको उक्त प्रोजेक्ट र को लागि हाल सम्म करिब आठ हजार डलर संकलन गरिसकिएको छ भने यसलाई २०१८को अन्त्यसम्म सम्पन्न गर्ने संस्थाको आयोजना रहेको कारण पनि आउदो दशैं कार्यक्रमबाट उठेको रकम उक्त प्रोजेक्टमा जानेछ।  ९० प्रतिशत दलित र निम्न आर्थिक रहेका समुदायको बस्ति रहेको उक्त ठाउमा त्यहाँ रहेका स्थानीय सरकार र समुदायको पनि सहयोग रहने जनाईएको छ।  यस बाहेक बिगतमा गर्दै आईरहेको र थप बालबालिकालाई पनि २०१९ मा सहयोग गर्ने र बिगतका परोपकारी कार्यहरुलाई निरन्तरता दिईने पनि संस्थाले जानाएको छ।  यस बाहेक आगामी ६ अक्टोबरमा साँझ ६ बजे बाट एसफिल्ड पब्लिक स्कुलमा हुदै गरेको उक्त दशैं साँझ कार्यक्रममा सहभागी भई एक  संस्थाको परोपकारिताको एक हिस्सा बनि दिन पनि संस्थाले सबैमाअनुरोध गरेको छ।