विन्डोजको २५ वर्ष
माइक्रो सफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रो सफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो । कम्प्युटर जगतमा निकै ठूलो लोकप्रियता तथा तहल्का मच्चाउन सफल भएको विन्डोज ९५ लाई माइक्रोसफ्टका सहसस्थापक बिल गेट्स र जे लेनोले घोषणा गरेका थिए । विन्डोज ९५ लाई माइक्रोसफ्टको पहिलो युजर फ्रेन्डली अपरेटिङ सिस्टम मानिन्छ । थुप्रै रुचीकरण फिचरहरुका कारण पर्सनल कम्प्युटर प्रयोगकर्ताबीच यो निकै नै लोकप्रिय बनेको थियो । विन्डोज ९५ को २५ औं वर्षगााठका अवसरमा माइक्रोसफ्टले एक भिडियो शेयर गरेको छ, जसमा विन्डोज अपरेटिङ सिस्टमको क्रमश: विकास देखाइएको छ । विन्डोज इनसाइडर प्रोग्रामका वरिष्ठ कार्यक्रम व्यवस्थापक ब्राण्डन ले ब्लान्कले एक ब्लग पोष्टमा भनेका छन्— ‘सन् १९९५ को अगष्ट २४ मा लञ्च हुँदा विन्डोज ९५ ले कम्प्युटर प्रयोगकर्ताका लागि निकै उत्कृष्ट अनुभव लिएर आएको थियो र Start, Menu तथा Taskbar जस्ता त्यसका कतिपय फिचरहरु कम्प्युटर प्रयोगकर्ताले अहिलेसम्म पनि प्रयोग गर्दै आएका छन् । पछिल्लो २५ वर्षमा हामीले ती अनुभवलाई विकास गर्दै लगेका छौं र उन्नयनको सम्वृद्ध इतिहास निर्माण गरेका छौं ।’
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...