आइफोन ११ विश्वकै लोकप्रिय स्मार्टफोन

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको बेला चिनियाँ बजारमा अमेरिकी कम्पनी एप्पलको आइफोन ११ सबैभन्दा लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्ट रिसर्चको पछिल्लो रिपोर्टअनुसार चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा आइफोन ११ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ । रिपोर्टअनुसार आइफोन ११ पहिलो स्थानमा रहँदा ओप्पो ८, अनर ९ एक्स, भिभो वाइ थ्री र हुवावे मेट ३० फाइभ जी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । यीमध्ये आइफोन ११ र हुवावे मेट ३० फाइभ जी मात्रै प्रिमियम सेग्मेन्टका फोन हुन् भने अन्य तीनवटा फोन सुपथ मूल्यका अर्थात् बजेट फोन हुन् । चीनबाहेक अमेरिका, जर्मनी, बेलायत र जापानमा समेत आइफोन ११ सर्वाधिक लोकप्रिय फोन बनेको छ । बेलायतमा त सबैभन्दा लोकप्रिय शीर्ष ५ स्मार्टफोन मध्ये ४ वटा आइफोन नै परेका छन् । जापानमा पनि सर्वाधिक लोकप्रिय शीर्ष ३ स्मार्टफोनमा आइफोन ११ परेको छ । ओम्डिया रिसर्च कम्पनीले समेत आफ्नो एक रिपोर्टमा आइफोन ११ अहिले विश्वकै सबैभन्दा लोकप्रिय फोन रहेको निष्कर्ष निकालेको छ । कोरोना भाइरस महामारीका बाबजुत सन् २०२० को पहिलो ३ महिनामै एप्पलको आइफोन ११ विश्व बजारमा १ करोड ९५ लाख वटा बिकेको थियो । एप्पलको फ्लागशीप फोन आइफोन ११ मा विभिन्न उत्कृष्ट फिचरहरु रहेको हुनाले स्मार्टफोन प्रयोगकर्ताहरुले निकै रुचाएका छन् । यसमा ६.१ इन्चको एलसिडी डिस्प्ले, सिक्स कोर ए १३ बायोनिक ६४ बिटको प्रोसेसर र अक्टाकोर न्यूरल इन्जिन रहेको छ । यो आइफोन ६४ जिबी, १२८ जिबी र २५६ जिबी गरी तीन वटा स्टोरेज मोडेलमा उपलब्ध छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...