अन्तत: माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर बन्द गर्ने

कुनै समयको वेब ब्राउजरको बादशाह इन्टरनेट एक्सप्लोरर अन्तत: बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द हुने माइक्रोसफ्टले जनाएको छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको वेब एपले आगामी नोभेम्बर ३० देखि नै इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने समेत जानकारी उसले दिएको छ । अन्य माइक्रोसफ्ट ३६५ एप तथा सर्भिसहरुले पनि आगामी वर्षदेखि उक्त ब्राउजरका लागि सपोर्ट बन्द गर्ने ब्लगपोष्टमा उल्लेख छ । माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजबाट विस्थापन गराउनेछ । माइक्रोसफ्ट एज गुगलको क्रोमियम ओपन सोर्स सफ्टवेयरमा आधारित रहेको छ । सोही कारण माइक्रोसफ्ट एजमा एक्सप्लोररको तुलनामा धेरै फिचरहरु उपलब्ध छन् । यसका लागि क्रोमियम प्रयोग नभएका माइक्रोसफ्टका पुराना भर्सनहरु सन् २०२१ को मार्च ९ देखि अन्त्य गरिनेछ । अहिलेपनि धेरै वेबसाइट र एप्लिकेसनहरुले इन्टरनेट एक्सप्लोरर प्रयोग गरिरहेको परिप्रेक्ष्यमा माइक्रोसफ्टले आफ्ना दुई ब्राउजरहरु एकसाथ सक्रिय नहोउन् भन्ने प्रयत्न गरिरहेको छ । स्मरण रहोस् इन्टरनेट एक्सप्लोरर तथा नन क्रोमियम ब्राउजर बन्द गर्ने योजना माइक्रोसफ्टले धेरै अगाडिदेखि नै अघि सारेको थियो । इन्टरनेट एक्सप्लोररको ८, ९ र १० औं संस्करण सन् २०१६ मै बन्द गरिएको थियो । त्यसको एक वर्षअघि अर्थात् सन् २०१५ मा माइक्रोसफ्टले एज ब्राउजर ल्याएको थियो । हाल क्रोमियम ओपन सोर्स भएका ब्राउजरमा गुगल क्रोमसँगै माइक्रोसफ्ट एज, ब्रेभ, विवाल्डी, एभास्ट सेक्योर ब्राउजर तथा ओपेरा लगायतका ब्राउजहरु रहेका छन् । यसको अर्थ अब इन्टरनेट ब्राउजरमा कुन फिचर विकास गर्ने भन्ने कुराका लागि गुगलमै भर पर्नुपर्ने भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...