राजदुत शेर्पालाई सिड्नीमा स्वागत 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार २९, २०७४
अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत लक्की शेर्पालाई सिड्नीबासि नेपालीहरु ले सिड्नीमा जुलाई ७ साँझ एक कार्यक्रम बीच स्वागत गरेका छन् । गत महिना राजदुत नियुक्त भएर आएकी शेर्पाले नेपाली समुदायका सद्स्यहरुले आफु प्रति दिएको माया र स्वागतले आफु निक्कै प्रसन्न भएको बताउदै आफ्नो कार्यकालमा आफु यसरि नै सबै  हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता मात्र ब्यक्त गरिन । अष्ट्रेलियामा रहेका नेपालीहरुको सीप र दक्षतालाई नेपालको बिकासका लागि प्रयोग गर्न, नेपाली समुदाय र नेपालको हितका लागि आफुले सरकारको प्रतिनिधिको रुपमा सबै संग मिलि अझ उत्कृष्ट काम गर्ने पनि उनले बताइन  । एनएसडब्लु महावाणिज्युदतावासको कार्यलयले आयोजना सम्पन्न उक्त कार्यक्रममा एनआरएनएका केन्द्रीय अध्यक्ष शेष घले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल लगायतका बिभिन्न संघसंस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
राजदुत भएपछि पहिलोपटक सिड्नी आइपुगेकी राजुदत शेर्पाले यहाँको तिन दिन बसाइमा सम्पन्न एनआरएनए अस्ट्रेलियाको निर्बाचन र आदिबासी जनजाती मंच अस्ट्रेलियाले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी भाइन।