फुटसल टुर्नामेन्ट हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार २९, २०७४
आउदो जुलाई २९ शनिवार देखि प्रत्येक शनिबार साँझ ६ देखी ८ सम्म रिस्भी स्थित अमुर पार्क ( लुल्का स्ट्रिट ) मा फाइभ ए साइड फुटसल टुर्नामेन्ट हुदैछ । आर एण्ड एस एकाउण्टिङ्ग मुख्य प्रायोजक रहेको उक्त  उक्त प्रतियोगितालाई फ्युजन स्पोर्ट्सले आयोजना गरेको हो । आयोजकको अनुसार प्रतियोगितामा बिजयी हुने पहिलो टिमलाई नगद पुरस्कार तिन हजार, दोस्रोलाई पन्ध्र सय र तेस्रोलाई पाँच सय  प्रदान गरिने छ ।
आयोजकका अनुसार यो प्रतियोगिता हाल सम्म कै ठुलो पुरस्कार रहेको प्रतियोगिता हो भने यसको अलावा पनि अन्य विधामा समेत खेलाडीहरुलाई पुरष्कृत गरिनेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रवेश शुल्क $५०० तोकीएकोआयोजकको तर्फबाट कल्याण खड़काले जनाएका छन्।लीग कम नॉक आउट सिस्टम अन्तर्गत ४ क्वोर्टर्ज १० मिनट प्रति खेल खेलाइने उक्त प्रतियोगिताको रेजिस्ट्रेशन समय १ जून देखी २२ जुलाई सम्म तोकिएको छ ।  प्रतियोगिता सम्बन्धि थप जानकारीका लागि admin@randsaccountants.com.au इमेल वा दिनेश ख़त्री: 0416088977, कल्याण खड़का: 0421 511 979 लाई सम्पर्क गर्न सकिनेछ।