लगानी नेपाल भित्र्याउँदै नेपाली ब्यवसायी
अष्ट्रेलियामा रहेका नेपाली युवा ब्यवसायिहरूले पछिल्लो समयमा नेपालमा लगानी गर्ने क्रमलाई प्राथकिता दिन थालेका हुन् ।

विदेशमा बसेर गफ मात्रै दिने तर नेपालका लागि विदेशमा भएका नेपालीहरूले उल्लेखनीय केही काम नगर्ने गुनासो पहिल्यैदेखि सुनिदै आएको छ । हुनपनि गुनासो गर्नेहरूको सोच कति हदसम्म सहीपनि हुनसक्छ किनकी विदेशमा बसेर कमाएको रकम नेपालमा भन्दापनि विदेशमा नै लगानी गर्ने चलन बढी नै छ । हुनत, आफुले कमाएको पैसा कहाँ लगानी गर्ने, कसरी खर्च गर्ने अनि कसरी प्रतिफल लिने भन्ने कुरा पैसा हुनेहरूको आफ्नो निर्णय हो ।
तर, यो क्रममा पछिल्लो समयमा भने परिवर्तन आइरहेको महसुस भइरहेको छ । अष्ट्रेलियामा मात्र नभएर नेपालमा पनि लगानी बढाउने क्रममा तिब्रता आएको छ । हुनत, कतिले सार्वजनिक रुपमा खुलेर नै नेपालको ब्यवसायिक क्षेत्रमा लगानी बढाइरहेका छन् भने कतिले कसैलाई थाहा नदिई आफ्नो लगानी विस्तार गरिरहेका छन् ।
अष्ट्रेलियाका नेपाली युवा ब्यवसायी मेघराज श्रेष्ठले नवलपरासीमा ८० करोडको लागतमा कृषि सम्बन्धी ब्यवसाय शुरु गरे । २० बिघाहा जमिनमा शुरु गरेको उनको ब्यवसायले प्रत्यक्ष अप्रत्यक्ष ५० बढीले रोजगारी पाइरहेका छन् । यसैगरि सिड्नीका ब्यवसायी सरोज पाण्डेले यहाँ सञ्चालन गरेको नम्बर वान पेष्ट कन्ट्रोल नामको किटाणु मार्ने ब्यवसायलाई काठमाडौ, पोखरा, बुटवल लगायतमा विस्तार गरेर २५ जनालाई रोजगारी दिइरहेका छन् ।
अष्ट्रेलियामा रहेका नेपाली युवा ब्यवसायिहरूले पछिल्लो समयमा नेपालमा लगानी गर्ने क्रमलाई प्राथकिता दिन थालेका हुन् । यहाँका ब्यवसायीहरूले मुख्य रुपमा हाइड्रो, आइटी, सरसफाई, कृषि लगायतका ब्यवसायहरूमा लगानी बढाएका हुन् । सिड्नीकै ब्यवसायी भीम खरेलले ८० करोडको लागतमा ४ बर्ष अघि शुरु गरेको ४ मेघावाटको इलामको पुवाखोला हाइड्रो १ नामक बिद्युत उत्पादन केन्द्रले त यही असारदेखि उत्पादन शुरु गर्दैछ भने अर्का ब्यवसायी संजीव शर्माको कम्पनी एक्सपर्ट समुहले रुकुमको सानीभेरीमा ४५ मेघावाटको बिद्युत उत्पादन केन्द्रको अनुमति लिएर निर्माण कार्य शुरु गर्दैछ ।
अहिले अष्ट्रेलियाबाट कम्तिमा पनि २ दर्जनबढी ब्यवसायीहरूले नेपालमा लगानी गरिसकेको यहाँ स्थापित नेपाल अष्ट्रेलिया बिजनेश काउन्सिलका अध्यक्ष मन केसी बताउँछन् । उनका अनुसार नेपालमा यहाँको ब्यवसायको शाखा स्थापना गर्ने, नयाँ सम्भावनाहरूमा लगानी गर्नेदेखि ‘आउटसोर्सिङ’ गर्ने क्रममा समेत तिब्रता आएको छ । दुई बर्षअघि मात्र सिड्नीका युवाहरू प्रमेश खड्का र भीम खरेलले मिलेर अनामनगरमा स्थापना गरेको सफ्टवेयर कम्पनी वेबसुत्रले अहिले ३० जना आइटीमा दक्ष नेपाली युवाहरूलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । जसले अष्ट्रेलिया लगायतका देशमा चाहिने सफ्टवेयरहरू उत्पादन गर्ने गर्दछ ।
‘नेपाल कृषि ब्यवसायको लागि राम्रो मात्र नभएर उपयुक्त स्थान पनि हो ।’ अहिले २ सय पाडाका साथै २० बिघाहामा बृक्षारोपण, घाँसखेती शुरु गरिसकेको बताउने ब्यवसायी मेघराज श्रेष्ठ डेढ अर्बको लगानी योजना सुनाउँछन् । ६ बर्षको विस्तारित योजना अनुसार डेढ अर्बको लगानीमा नवलपरासीमा २ सय १८ बिघाहा क्षेत्रफलमा नेपालकै पहिलो मासु प्रशोधन केन्द्र सहितको ब्यवसाय विस्तारको योजनामा रहेको उनको दाबी छ । ‘उक्त क्षेत्रका कृषकहरूलाई समेत समेटेर नेपालमा उत्पादित कृषि उत्पादन, मासु लगायतलाई अन्तराष्ट्रिय बजारसम्म पुरयाउने हाम्रो लक्ष्य हो ।’ उनले भने ।
अष्ट्रेलियामा सन् २००० को दशकमा आएर ब्यवसाय शुरु गरेका अधिकांश नेपालीहरू ब्यवसायिक रुपले सफल बनेकाले उनीहरूले नेपाललाई आफ्नो लगानीका लागि छानेका हुन् । अष्ट्रेलियाको तुलनामा नेपालमा लगानी र श्रमखर्च कम पर्ने भएकाले समेत नेपालमा लगानी गरिएको ब्यवसायी भीम खरेलले सुनाए । ‘फेरि नेपाल आफ्नो देश भएकाले समेत केही लगानी गरेर रोजगारी सृजना गर्न सकियोस भन्ने आफ्नो उद्देश्य पनि हो ।’
माथि उल्लेख गरिएका ब्यवसायीहरूले मात्र नेपालमा लगानी गरिरहेका छन भन्नु अनुपयुक्त होला किनकी अष्ट्रेलियामा जमेका धेरै नेपाली ब्यवसायीहरूले नेपालमा बिभिन्न किसिमले लगानी गरिरहेका छन् । अर्काेतिर, नेपालमा लगानी बढाउनका लागि लगानी भित्र्याउन आग्रह गरेर मात्र भन्दापनि सुरक्षित लगानीको प्रत्याभूति दिलाएर र लगानी गर्नसक्ने वातावरण निर्माण गर्न नेपाल सरकारले उत्तिकै अभिभावकको भूमिका निर्वाह गर्न जरुरी छ । हुनत, यहाँ आउने मन्त्रीगण तथा नेताहरूले पनि लगानी भित्र्याउन नै आग्रह गर्ने गरेका छन् तर उनीहरूले लगानीको सुरक्षा र प्रतिफलका लागि भने कुनै प्रतिबद्धता जनाएको देखिंदैन । त्यसैले पनि यहाँका ब्यवसायीहरूले चाहेजति लगानी नेपालमा लैजान नसकेको प्रष्ट नै छ ।
अष्ट्रेलियामा कमाएर नेपालमा लगानी गर्नेहरू अधिकांश सार्वजनिक हुन नचाहेपनि उनीहरू आंफु जन्मिएको देशमा केही गरौं भन्ने उद्देश्यले लगानी गरिएको बताउँछन् । काउन्सिलका अध्यक्ष केसी नेपाल सरकारले अष्ट्रेलियाका ब्यवसायीहरूलाई लगानीका लागि अझ प्रेरित गरेर केही सहजता प्रदान गर्ने हो भने बर्षेनी करोडौंको लगानी भित्रने सम्भावना छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...